पेट्रोलका कारण जल्यो घर, तीन जना घाइते

सहयात्रा टिभी

ताप्लेजुङ  । कार्तिक–२०,मिक्वाखोला गाउँपालिका ४ थलङमा एक घरमा १४ वर्षीया बालिकाले चुल्होमा पेट्रोल हालेर आगो बाल्ने क्रममा आगलागी भएको छ ।

उक्त आगलागीमा परी १४ वर्षीया मञ्जु, ९ वर्षीया प्रिती र ३५ वर्षीया मिना थलङ घाइते भएका छन ।प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनीहरुको हात, खुट्टा र कुहिनामा आगोले पोलेको जानकारी दिए । घाइतेको अवस्था भने सामान्य रहेको वताइएको छ।आगलागीबाट ३ तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, सुन २ तोला, नगद रु १ लाख ५० हजार समेत गरी २२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 5 November, 2020

प्रतिक्रिया दिनुहोस्