महोत्तरीका नाकाहरु पुन: सञ्चालनमा

महोत्तरी । कार्तिक–२३,महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको सीमानाकाहरु सञ्चालनमा आएका हुन्।
कोरोनाभाइरसलाई मध्यनजर गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटकपटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो ।शनिबार पछिल्लोपटक सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रुपमा बन्द गरिएकोमा नेपाल भारत आवतजावत शुरु भएको हो ।