हिमाली र पहाडी क्षेत्रको मौसम बदली हुने, तराईमा बाक्लो हुस्सु

सहयात्रा टिभी

काठमाडौं । मंसिर–२४, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली भएको छ । यस्तै लुम्बिनी प्रदेशका पूर्वी भूभाग र प्रदेश २ मा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


दक्षिणपूर्वी अरबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकोले केही ठाउँको मौसम बदली भएको हो । आज दिउँसो वाग्मती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभाग र सुदूर पश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ । अबको २४ घण्टामा देशका धेरै ठाउँको तापक्रम घट्ने सम्भावना रहेको छ ।

प्रकाशित : 9 December, 2020

प्रतिक्रिया दिनुहोस्