गाडीमा लागू जोर-बिजोर प्रणाली हटाईयो
सहयात्रा टिभी
काठमाडौं । पुस ३, काठमाण्डौ उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर(बिजोर प्रणाली हटाइएको छ ।
व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।
जोर(बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ । व्यवसायीले मापदण्ड पालना नगरि गाडी चलाएमा अनुगमन गरी त्यस्ता व्यवसायीहरुलाई कारबाही गरिने काठमाण्डौ जिल्ला प्रशासनले चेतावनी समेत दिएको छ ।