पार्किङ्ग क्षेत्रमै सैनिक सुत्न बाध्य भएको प्रति राष्ट्रपति बाइडेनले मागे माफी

सहयात्रा टिभी

एजेन्सी । माघ १०, अमेरिकी राष्ट्रपति जो बाइडेनले नेशनल गार्डका केही सुरक्षाकर्मी संसद भवनको कार पार्किङ्ग क्षेत्रमा सुत्न बाध्य भएकोप्रति माफी मागेका छन्।

जनवरी ६ मा भएको हिंसात्मक आक्रमण तथा त्यसपछिको सुरक्षा जोखिमलाई लिएर संसद भवनमा नेशनल गार्डका सुरक्षाकर्मी तैनाथ भएका छन् । त्यहाँ तैनाथमध्ये केही सुरक्षाकर्मी अण्डरग्राउण्ड कार पार्किङ्ग क्षेत्रमा सुत्न बाध्य भएको र त्यसको तस्बिर सार्वजनिक भएको थियो ।

बिहीबार सार्वजनिक भएको तस्बिरमा संसद भवन नजिकै रहेको पार्किङ्ग गराजमा आराम गर्न सैनिक बाध्य भएको देखिएको छ । सांसदहरु फर्किएपछि सैनिकले आरामका लागि गराज प्रयोग गरेका हुन् ।

सो घटनाले सर्वसाधारणसँगै राजनीतिज्ञ पनि आक्रोशित भएका छन् । केही राज्यका गभर्नरहरुले सो विवादपछि आफ्ना सैनिक फिर्ता बोलाएका छन् ।

प्रथम महिला डा. जिल बाइडेनले सुरक्षाका लागि नेशनल गार्डले गरेको कामको सम्मानका लागि केही सैनिकलाई भेटेकी छन् । उनले आफ्नो साथमा केही बिस्कुट पनि लिएर गएकी थिइन् ।

बिहीबार सैनिकहरु पार्किङ्ग गराजमा सुत्न बाध्य भएको तस्बिर भाइरल भयो र धेरै आक्रोशित भए। आधारभूत सुविधाको अभावसँगै कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै चासो र चिन्ता तथा आक्रोश व्यक्त भएको हो ।

प्रकाशित : 23 January, 2021

प्रतिक्रिया दिनुहोस्