विज्ञ भन्छन् : कोरोनाको जोखिम टरेको छैन, मास्क लगाउन नछाडौं
सहयात्रा टिभी
काठमाडौं । माघ २३, कोरोना भाइरसको सङ्क्रमण टरेको छैन तर मास्क लगाउनेको संख्या घटेको छ । पहिले मास्क नलगाएको मानिस बिरलै देखिने सहररबजारहरुमा अहिले भने मास्क लगाएका मानिस थोरै मात्र देखिन थालेका छन् ।
बढ्दो प्रदूषणका कारण मानिसहरुले मास्क लगाउनु पनि अत्यन्तै आवश्यक देखिन्छ । संगसंगै कोरोनाका कारण पनि मास्क लगाउनु आवश्यक छ तर बजारमा मानिसहरुले मास्क लगाएको भने विरलै देखिन्छ । कोरोनाको खोप भित्रिएसँगै मुखबाट मास्क बाहिरिन थालेको छ ।
हामी अझै पनि महामारीको जोखिममा नै छौँ । नयाँ दोस्रो वेब आउन सक्ने चेतावनी विज्ञहरुले पनि दिँदै आएका छन् । ‘यस्तो अवस्थामा पनि मानिसहरुले मास्कको प्रयोग गर्न छोड्नु मुर्खता मात्रै हुने विज्ञहरुले बताउदै आएका छन् ।