राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । माघ २४, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने सिरिजका लागि आजबाट टिमको प्रशिक्षण सुरु गर्न लागेको हो । क्यानले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको छ ।

क्यानले बोलाएको टिममा विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा र खडक बोहरा पहिलो पटक परेका छन् ।

पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् । घरेलु टिम ओमान, नेपाल र अमेरिकाबीचको सिरिज आगामी मार्चमा हुनेछ ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित : 6 February, 2021

प्रतिक्रिया दिनुहोस्