सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त

काठमाडौं। माघ २६, सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको बताईएको छ । यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् ।
राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वित्तिय क्षेत्रको विविध क्षेत्रको जिम्मेवारी सम्हालिसकेकी थिईन् । औपचारिक रुपमै २००३ सालमा पहिलो पटक एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी राणाले बैंक तथा वित्तिय क्षेत्रमा धेरै अनुभव बटुलिसकेकी छिन् ।