उत्तर कोरियाली नागरिकले १.३ अर्ब डलर ह्याकिङ मार्फत चोर्न खोजेको अमेरिकाको अभियोग

काठमाडौं । फाल्गुन ०६, अमेरिकाले विश्वभरका ब्याङ्क तथा व्यवसायबाट उत्तर कोरियाका तीन नागरिकले १.३ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोर्न खोजेको अभियोग लगाएको छ।
उत्तर कोरियाका ती नागरिकमाथि सन् २०१७ मा ‘वाना क्राइ’ साइवर हमलामा समेत संलग्न रहेको आरोप लगाइएको छ जसले यूकेको स्वास्थ्यसम्बन्धी कम्प्युटर प्रणालीलाई प्रभावित बनाएको थियो। यसले यूके बाहेक विश्वभरका १५० भन्दा बढी देशहरूमा समेत प्रभाव पारेको बताईएको छ। आरोप लागीएका ती तीन उत्तर कोरियाली नागरिक पक्राउ परेका छैनन् ।