सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटनको निर्णय बदर, संसद् पुनर्स्थापनाको फैसला
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ११, सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरिदिएको छ । संवैधानिक इजलासमा भएको बहसमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला सुनाएको हो ।
गत पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन गरिएको थियो ।
यसैगरी सर्वोच्च अदालतद्धारा ३ दिनभित्रै संसद् बैठक बोलाउन समेत आदेश भएको छ ।