फेवातालमा एक युवक मृत अवस्थामा भेटिए

काठमाडौं । फाल्गुन १३, पोखराको लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका छन् । अन्दाजी २२–२५ वर्षको जस्तो देखिने युवक मंगोलियन हुलियाको रहेको प्रहरीले बताएको छ । निलो ज्याकेट लगाएका करिब साढे ५ फिट उचाईका युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । मृतकको पहिचान हुन नसकेको हमालले बताए । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको र मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रवक्ता हमालले बताए ।