खाना पकाउदा यी कुराहरू ध्यान दिनु

काठमाडौं । फाल्गुन १४, जो कोई खाना बनाउने समयमा सोचिरहेको हुन्छौं कि खाना कसरी मिठो बनाउने । तर कसरी सफा तरिकाले बनाउने भन्ने कुरामा त ध्यान नै गएको हुँदैन । पानीले पखालेर आगोमा पकाउदा सब ठिक हुन्छ भन्ने मान्यता रहे पनि यसले शरीरलाई हानी गरिरहेको हुन्छ फलस्वरुप हामी बिरामी पर्छौ तर बिरामीको कारण अर्कै ठान्छौँ ।
खाना पकाउदा ध्यान दिनु पर्ने कुराहरू यस प्रकार रहेका छन्:
- खाना पकाउनु अघि, नपकाएको माछामासु छोएपछि साबुन पानीले हात धुने । जसले गर्दा खानामा जिवाणु पस्न पाउँदैन ।
- बजारमा पाइने फलफूल तथा तरकारीहरुमा विषादीको मात्रा बढि प्रयोग गरिने हुनाले खाना बनाउन र खानुअघि फलफूल तथा तरकारीलाई मनतातो पानीमा केहि समय भिजाउने ।
- खाना पकाउँदा सधैँ एप्रोन लगाउने ।
- नपकाएको मासुमा जिवाणु हुन्छ र उक्त जिवाणु चपिङ बोर्डमा काटिने अन्य तरकारी,तथा फलफूलमा पस्ने हुनाले सम्भव भए सम्मा छुट्टै चपिङ बोर्डको व्यवस्था गर्ने ।
- भान्सामा राख्ने तौलिया दैनिक रुपमा तातो पानीले धुने ।
- रुघा लागिरहेको छ वा सिंगान बगिरहेको छ भने खाना पकाइरहेको बेला हातले कुनै पनि खानेकुरा नछुने ।