राष्ट्र बैंकमा डेपुटी गभर्नरको अवकाश

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आजै ९मंगलबार० बाट अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।

यसअघि यी दुबै गभर्नरको आकांक्षी थिए तर अन्तमा सरकारले लगानी बोर्डको सिइओलाई ९महाप्रसाद अधिकारी० राष्ट्र बैंकको गभर्नर बनायो । श्रेष्ठ आफ्नो कार्यकालमा केही विवादित बनेका थिए । तर उनले आफुलाई गभर्नरमा प्रतिस्पर्धा गर्न नदिन विवादित बनाएको अभिव्यक्ति दिँदै आएका थिए ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्