सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १९, सरकार र नेत्र विक्रम चन्द विप्लव समूहको पहिलो चरणको औपचारिक वार्ता सकारात्मक रुपमा सम्पन्न भएको छ ।
दुवै पक्षबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले जानकारी दिए । सरकारका तर्फबाट वार्तामा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी थिए ।
दुवै समूहले वार्ता समिति नै गठन गरेर औपचारिक रुपमा वार्ता सुरु गरेका हुन् ।
खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूह वार्तामा सहभागी भएको थियो । विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गरेमा आफूहरु आगामी छलफलमा अझै सकारात्मक ढंगले अघि बढ्ने बताएको छ ।