कांग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १९, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। निजामती अस्पतालमा देउवाले कोभिसिल्ड खोप लगाएका हुन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले आजदेखि निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन्।

संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी समेत गरी १५ सयलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ। सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।


