बीबीसीको मास्टर सेफ उपविजेता सन्तोषलाई नाथमद्धारा सम्मान

काठमाडौं । फाल्गुन २०, बीबीसीको मास्टर सेफ उपविजेता सन्तोष शाहलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले रविभवनस्थित नाथम परिसरमा बुधबार आयोजित विशेष समारोहमा सम्मान गरेको छ। प्रतियोगितामा साहले नेपाली खानाको परिकार पेश गरेर सबैको मन जितेका थिए।
नाथमका कार्यकारी निर्देशक दीपककुमार थापाले सेफ साहलाई प्रसंशा–पत्र तथा मायाको चिनो दिएर सम्मान गरे। विद्यार्थी, प्रशिक्षक र प्रतिष्ठानका पदाधिकारी खचाखच भरिएको नाथमका ‘मल्टिपर्पोज’ हलमा मास्टर सेफ साहले सम्बोधन गर्दै उनका जीवनका लामो अनुभव बाँडेका थिए। उनले बीबीसी मास्टर सेफ प्रतियोगिता नेपाली खानाको परिकार पेश गर्न पाउदा मातृभूमीको नाम विश्वसामू राख्न पाउदा अत्यन्तै गौरान्वित महसुस गरेको बताए।