आजबाट देशभरी दोस्रो चरणको खोप अभियान सुरु
सहयात्रा टिभी
काठमाडैं । फाल्गुन २३, सरकारले आजदेखि देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दैछ ।
६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने बताए।