दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक लमही नगरपालिकाका तिलक थापा र पछाडि बस्ने प्रकाश थापाको ज्यान गएको प्रहरीले बताएको छ । मोटरसाइकलको पछाडि सबार प्रकाशको घटनास्थलमा नै ज्यान गएछ भने चालक तिलक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्