धुलिखेल अस्पताल र एनसेलबीच सहकार्य, टेलिमेडिसिन कार्यक्रम सुरुवात

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, एनसेल आजियाटाले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको बताईएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ धुलिखेल अस्पताल अन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गर्नुभएको जनाईएको छ । प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य रहेको छ ।

 

 

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्