सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८६ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार ७५० सय कायम रहेको छ ।

त्यस्तैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा १२५० मा कारोबार भएकोमा आज बढेर १२६५ पुगेको महासंघले बताएको छ ।

 

 

 

 

 

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्