आगामी बिहीबार शिवरात्री पर्वको अवसरमा पशुपति परिषरमा धार्मिक शोभायात्रा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहभागीतामा आज बिहान पशुपति क्षेत्र परिषरमा शोभायात्रा निकालिएको बताईएको छ ।

उक्त शोभायात्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसहित कोषका पदाधिकारीहरु समेत सहभागी थिए । त्यसैगरी विभिन्न धार्मिक संघ संस्था तथा स्थानीय क्लवहरु पनि शोभायात्रमा सहभागी थिए । आगामी बिहीबार शिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलालाई सभ्य रुपमा सञ्चालन गर्न अपिल गर्दै विभिन्न संघ संस्थाले शोभायात्रा निकालेका हुन् ।

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्