गर्मीमा छालाको सुरक्षा यसरी गर्नुहोस्

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, गर्मी मौसम सुरु भएसँगै छाला सम्बन्धी विभिन्न समस्याहरु आउने गर्दछ। गर्मी मौसममा विशेष गरि सूर्यको ताप तथा बाह्य तापक्रमका काराण शरीरमा पसिना आउने हुनाले पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ ।जसका कारण छालामा घमौरा आउने, फंगल, इन्फेक्सन हुने, घाउ हुने, दाद आउने, चिलाउने, छाला बाक्लो हुने, जस्ता रोगहरु देखापर्दछन् । यसको रोगथाम हुन्न भन्ने होइन केही कुराहरु अपनाउन सकियो भने पनि छालालाई जस्तो सुकैै गर्मीमा पनि बचाउन सकिन्छ ।

छालाको हेरचाह गर्न यसो गर्नुस्: 

  • प्रर्याप्त मात्रा पानी पिउने
  • घर बाहिर निस्कने क्रममा छाता ओढ्ने वा क्याप लगाउने
  • नियमित रुपमा व्यायाम गर्ने
  • अनावश्यक रुपमा घाममा नजाने
  • पौष्ट्रिक तत्वयुक्त खानेकुरा खाने
  • आफ्नो छाला अनुसारको सनब्लक क्रिमको प्रयोग गर्ने
  • हल्का नरम र सुतिको कपडा लगाउने
  • पूरै शरीर ढाक्ने कपडा लगाउने

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्