हिमालयन बैंकद्धारा पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापनाका लागी १ करोड

काठमाडौं । फाल्गुन २६, हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको १ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकले काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ प्रदान गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बीच सो सम्बन्धी चेक हस्तान्तरण गरे । सो अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति रहेको थियो ।