चाँया पोतो आएको छ भनी यस्ता गल्तीहरू कहिलै नगर्नुस्
काठमाडौं । फल्गुन २७, चाँया पोतो आउनु भनेको प्राकृतिक छालाको विभिन्न स्थानमा फरक रङ देखा पर्नु हो । यो आउनु भनेको छालाभित्र हुने मेलानिन नामक सेलको भूमिका रहेको हुन्छ । चाँया पोतो हराउनका लागि हामी विभिन्न औषधी वा क्रिमको प्रयोग गर्छौ । यस्ले झन् हाम्रो अनुहारलाई बिगारिदिन्छ ।
चाँया पोतो भएकाले गर्न नहुने यस्ता गल्तिहरु:
–पोतो एकचोटी निको भएपछि फेरी आउँदैन भन्ने सोच्नु हुँदैन । एक चोटी निको भएपछि मल्हम वा सनस् क्रिम लगाउन छोड्नु हुँदैन
–चाँया पोतो भएको अनुहारको छालामा धेरै थरीका स्किन प्रोडक्ट्सहरु प्रयोग नगर्ने
–चाँया पोतो भएका व्यक्तिले अुनहारमा कहिले पनि वाक्सिङ गर्नु हुँदैन
–आगो वा हिटरको अगाडी लामो समयसम्म नबस्ने
–स्टेरोइट भएका क्रिमहरू जथाभावी नलगाउने
–हट स्टिम वा तातो बाफ नलिने
–पोतो भएका व्यक्तिलाई यदि डण्डीफोर आउँछ भने पहिला डण्डीफोरको उपचार गर्नुपर्छ । यसो नगरे डण्डीफोरको दाग पोतामा नराम्रोसँग बस्छ
–सनस् क्रिम कम लगाउनु वा मन लाग्दा लगाउने र मन नलाग्दा नलगाउने गर्नु हँदैन । चाँया पोतो भएका व्यक्ती घामबाट टाढा रहनु पर्ने हुनाले सनस् क्रिम सधैँ लगाउनु पर्छ
–पोतो भएका व्यक्तिलाई यदि डण्डीफोर आउँछ भने पहिला डण्डीफोरको उपचार गर्नुपर्छ । यसो नगरे डण्डीफोरको दाग पोतामा नराम्रोसँग बस्छ
–युटुबहरेर वा साथीभाईको कुरा सुनेर चाँया पोतोको जभावावी उपाचार गर्न हुँदैन