मौसम: पहाडी भूभागमा वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । फल्गुन २७, पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

हाल देशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस छ । त्यसैगरी आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्