ललितपुरको लेलेमा पजेरो दुर्घटना

सहयात्रा टिभी

काठमाडौं । फल्गुन २७, ललितपुरको गोदावरी नगरपालिका–५ लेले स्थित खत्रीगाउँमा पजेरो दुर्घटनामा परेर प्रहरी जवान रवि सुनुवारको मृत्यु भएको ।

फागुन २५ मा भएको सो दुर्घटनामा महानगरीय प्रहरी प्रभाग फर्सिडोलका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) दिनेश मैनाली घाइते भए । मैनालीको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सवार बा २ च ५९४९ नम्बरको पजेरो उकालो चढ्न नसकेपछि पल्टिएको थियो । उनीहरुले बिदा नलिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्