कोरोना अपडेट

काठमाडौं । फाल्गुन २८, पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ५ सय १२ स्वाब नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यस अवधिमा ६१ जना संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ९ सय २९ जना सक्रिय संक्रमितहरु छन् भने पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको पनि निधन भएको छैन ।