साढे २ किलो युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २८, विष्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियमसहित पक्राउ गरेको बताए ।

साढे दुई किलो युरेनियमसहित उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको पालले जानकारी दिए । युरेनियम बौद्धमा भण्डारण गरिराखेको अवस्थामा बरामद भएको उनले बताए । पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित : 12 March, 2021

प्रतिक्रिया दिनुहोस्