मिर्गौला डायलासिसका लागि सरकारद्धारा रोक, हप्तामा दुई पटक मात्र सेवा

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, नेपालमा मिर्गौला रोगीहरुका लागि डायलासिस र प्रत्यारोपण निःशुल्क छ । तर हाल सरकारले हप्तामा तीन पटकसम्म डायलासिस गराउनु पर्ने विरामीलाई भने चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । वीर अस्पतालले भने तीन पटक डायलासिस गराउनु पर्ने विरामीहरुलाई सिफारिस गर्न आनाकानी गरेपछि ३० जना मिर्गौला पीडित मारमा परेका बताईएको छ ।

नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ दोस्रो संशोधन, २०७७ अनुसार मृर्गौला रोगको हेमोडायलासिस हप्ताको २ पटकभन्दा बढी गर्नुपर्ने भएमा चिकित्सकको सिफारिस अनिवार्य समावेश गर्नुपर्ने छ भन्ने व्यवस्थासहितको पत्र सम्पूर्ण अस्पतालमा पठाएको छ । २ पटकभन्दा बढी डायलासिस गरिएको आवश्यक काजगजात सफ्टवेयरमा अपलोड गर्न भनेको छ ।

काठमाडौं घर भएका ५६ बर्षिय राजु तुलाधर २५ बर्षदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका छन् । ३१ बर्षको उमेरमा नै दुईवटै मिर्गौलाले काम गर्न छाडेको तुलाधरको शरीरका अन्य अगंमासमेत असर देखिएको छ । चिकित्सकले उनलाई हप्ताको तीन पटक डायलासिस गराउन सिफारिस गरेका छन् । उनको वीर अस्पतालमा डायलासिस भइरहेको थियो । तर अस्पतालले चैत्र १ गतेदेखि हप्ताको दुई पटक मात्र डायलासिस गराउने भन्दै सूचना निकाल्यो । जसका कारण तुलाधरलाई समस्या परेको छ । यस्तै काभ्रेका ४० बर्षिय मयुर तामाङ्ले पनि ८ बर्षदेखि डायलासिस गराउदै आएका छन् ।

तर वीर अस्पताले भने हप्ताको तीन पटक डायलासि गराइरहेका विरामीहरुलाई अब सिफारिस नगर्ने भन्दा मिर्गौला पिडित ३० जना विरामी आन्दोलनमा उत्रिएका छन् ।अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख डा। रजनी हाडाले महाशाखाबाट नै हप्ताको २ पटक मात्र डायलासिस गराउनु पर्ने निर्णय आएकाले आफुहरुले सिफारिस रोकेको बताउनु हुन्छ ।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्