अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्दै

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०३, काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ ।

पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनः निर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनः निर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । तत्काल अन्य संरचना हटाउँदै जाने र बसपार्कका विषयमा स्थानको पहिचान गरेर शुरु गरिनेछ । पाँच वर्षअघि बसपार्क रहेको स्थानमा हाल काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम भइरहेको छ ।

प्रकाशित : 16 March, 2021

प्रतिक्रिया दिनुहोस्