डोल्पामा डोजर पल्टिदा सहचालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०४, हिमाली जिल्ला डोल्पामा सडक खन्ने क्रममा डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ । जिल्लाको त्रिपूरासन्दरी नगरपालिका–३ रुमगाउँमा सडक खन्ने क्रममा डोजर पल्टिदा जाजरकोट नलगाड नगरपालिका–११ घर भएका १७ वर्षीय हेमराज सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुलिघाट–शे–फोक्सुण्डो जोड्ने नयाँ सडक खन्ने क्रममा डोजर पल्टिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । डोजर सडकबाट तीनसय मिटर तल खसेको छ । प्रारम्भिक अनुसन्धानमा सह–चालकले नै डोजर चलाएको र सडक खन्ने क्रममा पल्टिएको बताइएको छ ।

चालक फरार रहेकाले डोजरधनीलाई बोलाएकाले घटनाको एकिन विवरण खुल्नेछ । डोजरको नम्बर समेत खुलेको छैन । डोजर बुधबार विहान ६ बजेतिर दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्