नयाँ प्रविधिमा नेपालकै ठूलो स्पिनिङ मिल रिलायन्स, थप१ अर्ब ५० करोड लगानी

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०५, नेपालको सबभन्दा ठूलो स्पिनिङ मिल (धागो उत्पादक) रिलायन्सले नयाँ प्रविधि भित्र्याएको छ। सबभन्दा धेरै धागो उत्पादन तथा विदेशमा निर्यात गर्दै आएको यो कम्पनीले नयाँ प्रविधि ल्याएको हो।

गुणस्तरीय धागो उत्पादन तथा लागत न्यूनीकरण गर्न सहयोगी हुनेगरी नयाँ प्रविधि ल्याइएको रिलायन्सका अध्यक्ष पवन गोल्यानले जानकारी दिए। स्थापनाको २५ वर्षसम्ममा दस अर्ब रूपैयाँ लगानी भइसकेको यो उद्योगमा नयाँ प्रविधि भित्रिएसँगै क्षमता पनि विस्तार भएको छ। पहिलाको क्षमतामा २० प्रतिशत विस्तार भएको गोल्यानले जानकारी दिए।

नेपालको आन्तरिक खपतभन्दा पनि विदेशमा धेरै निर्यात गर्दै आएको रिलायन्समा अझै लगानी विस्तार गर्ने गोल्यानको लक्ष्य छ। सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको यो उद्योगमा गोल्यान र एमएस समूहको लगानी छ। सर्वसाधारणका लागि दस प्रतिशत सेयर जारी गर्न लागेको रिलायन्समा अबको पाँच वर्षमा दुई अर्बसम्म लगानी गर्ने लक्ष्य राखिएको गोल्यानले जानकारी दिए।

प्रकाशित : 18 March, 2021

प्रतिक्रिया दिनुहोस्