कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमामा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०५, कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढेको छ । नेपाल क्लियरिङ हाउसले उपभोक्ताको मागलाई ध्यान दिएर कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढाइएको छ ।

अब कनेक्ट आईपीएसको वेबसाइटमार्फत प्रति–कारोबार १० लाख रुपैयाँसम्म र प्रति–दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ । यस्तै मोबाइल एपबाट प्रति–कारोबार एक लाख र प्रति–दिन दुई लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ ।

 

प्रकाशित : 18 March, 2021

प्रतिक्रिया दिनुहोस्