पछिल्लो २४ घण्टामा देशभर थपिए १२५ कोरोना संक्रमित, १ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ सय २३ जना कोरोनामुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ३ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण भयो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ रहेको छ । अहिलेसम्म ३ हजार १६ संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ भने ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

 

 

प्रकाशित : 19 March, 2021

प्रतिक्रिया दिनुहोस्