सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा छुट

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, सिटिजन्स बैंक इन्टरनेसनल र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहक महानूभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहक ग्राहकले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरालगायतका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंकले देशैभर रहेका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करीब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्