सुनको मूल्यमा सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, सोमबार सुनको मूल्य दुई सयले घटेर प्रतितोला ८७ हजारमा कायम छ। अघिल्लो दिन सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्