युवतीलाई भारत लगेर ५० हजारमा बेच्ने आरोपित ६ वर्षपछि पक्राउ

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, बाँके प्रहरीले एक युवतीलाई बेहोस बनाई भारतमा लगेर ५० हजारबाँके जिल्लाको साबिक नरैनापुर गाविस वडा नं। ९ र हाल नेपालगञ्ज उपमहागनरपालिका वडा नं। २१ का ३२ वर्षीय अमर क्षत्री कार्कीलाई ६ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०७१ साल असार २८ गते कार्कीले एक जना २० वर्षीया युवतीलाई मिठाई खुवाएर बेहोस बनाई छिमेकी देश भारतको बहिराइच लगेका थिए। त्यहाँबाट पनि लखनउ लैजान भन्दै नाम थर र पहिचना नभएका व्यक्तिकहाँ लगेर ५० हजारमा बेचेको भन्ने उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। मा विक्री गर्ने आरोपितलाई पक्राउ गरेको छ।
त्यसयता फरार रहँदै आएका आरोपित कार्कीलाई चैत ८ गते पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्