भारतमा होली खेल्न रोक लगाईयो

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ ।

दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो ।
भारतमा केही साता यता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ४ जना संक्रमितको मृत्यु भएको छ । भारतमा हिजो ४० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो । भारतको महाराष्ट्रमा दैनिक २५ हजार संक्रमित थपिने गरेका छन् ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्