उत्तर कोरियाले गर्‍यो दुई ब्यालेस्टिक मिसाइल परीक्षण

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

जापानी समुद्र क्षेत्रमा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको अमेरिका र जापानले बताएका हुन् । जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि उत्तर कोरियाले पहिलो पटक मिसाइल परीक्षण गरेको हो ।

जापान आफ्नो समुद्री क्षेत्रको पानीमा मिसाइलको कुनै पनि टुक्रा नझरेको बताएको छ । केही दिन अघि मात्रै उत्तर कोरियाले यल्लो सी क्षेत्रमा गैर–ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

उत्तरको कदमलाई लिएर जापानले भने आलोचना गरेको छ । मिसाइल परीक्षणले आफ्नो देश र यस क्षेत्रमा सुरक्षा र शान्तिमा खतरा पैदा भएको जापानी प्रधानमन्त्री योशीहिदे सुगाले बताएका छन् ।

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्