किसानहरुद्धारा आज भारत बन्द

काठमाडौं । चैत्र १३, नयाँ कृषि कानुनप्रति असन्तु्ष्ट किसानहरूले आज भारत बन्दको घोषणा गरेका छन् । किसानहरू कृषि कानुनहरू फिर्ता लिन र एमएसपी कानुनको कार्यान्वयन गर्न दबाब दिन भन्दै भारत बन्दको घोषणा गरेका हुन् ।
नयाँ कानुन विरूद्ध आन्दोलनरत भारतीय किसान युनियनलगायतका संगठनहरूले शुक्रबार भारत बन्दको आह्वान गरेका हुन्। राष्ट्रिय अन्नाडाटा संघले पनि भारत बन्द गर्नेहरूको विरोध गर्न सडकमा उत्रने घोषणा गरेको छ ।
संयुक्त किसान मोर्चाका अनुसार किसान आन्दोलनको १२० दिन पूरा भएको अवसरमा बिहान ६ देखि साँझ ६ बजेसम्म भारत बन्द घोषणा गरेका छन्। होली र सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै शान्तिमय बन्द गर्न लागिएको उनीहरूले बताएका छन् । किसान आन्दोलनमै सहभागी अन्य किसान संगठनहठनहरूले भने बन्दविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन्। ‘भारत बन्दसँग हाम्रो कुनै सम्बन्ध छैन।