आज राष्ट्र बैंकद्धारा आठ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, नेपाल राष्ट्र बैंकले आज सोमबार रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ भने केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ भने यस्तै रु १० करोड बराबरको टे«जरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो र उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तैगरी १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्