सोलुखुम्बुबाट रातो हाब्रे तस्करी गर्ने दुई पक्राउ

काठमाडौं । चैत्र १६, दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ भने पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् ।
उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीयवासी २७ वर्षीय दिलकुमार राईलाई शनिबार जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।