श्रीलंकाका राजदूत र नेपाली निर्माण व्यवसायीबीच छलफल

काठमाडौं । चैत्र १७, नेपालका निर्माण व्यवसायीसँग काम गर्न इच्छुक रहेको श्रीलंकाले बताएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणा तिलकाले दुई देशको आर्थिक विकासका लागि नेपाली निर्माण व्यवसायीसँग मिलेर काम गर्न तयार रहेको बताएकी हुन् ।
उक्त भेटमा निर्माण व्यवसायीहरुले नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ । प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गरायो ।
श्रीलंकाबाट नेपालमा हेभिइक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा समेत भेटमा छलफल भएको थियो भने प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार ई. विरेन्द्रराज पाण्डे, महासचिव रोशनदाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकिय अधिकृत शुवेक्षा सिंहललगायतको सहभागिता थियो ।