मौसम परिवर्तनको कारण भाइरल ज्वरोका बिरामी बढ्न थाले

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए । केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

जिल्लाको तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक एक सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । उनले भने, ‘उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।’

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्