ताप्लेजुङमा ट्रिपर दुर्घटनामा परी एक युवाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, सिरिजंघा गाउँपालिका–३ सिकैचामा भएको ट्रिपर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको ट्रिपर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का १९ वर्षीय कृष्ण विकको ज्यान गएको बताईएको छ ।

दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूको झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले बताउनु भयो ।

फावाखोलामा निर्माणाधीन युनिटेक हाईड्रोपावर निर्माण स्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गए राति दुर्घटना भएको थियो । मृतक विक हाईड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ्रे ईन्जिनियरिङ प्रालिका कामदार रहेको निरौलाले बताए ।

मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सडकबाट झण्डै ५० मिटर तल खसेको ट्रिपर दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्