हिन्दु धर्मशास्त्र अनुसार बुधबार कुन भगवानको पुजा गर्ने ?

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, हिन्दु धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। उक्त दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पुजा गरिन्छ भने पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

बुधबार यसो गर्दा जिन्दगी समृद्ध हुन्छ:

  • हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी–देवताको कृपा हुने गर्छ।
  • बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
  •  बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ ।
  • जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्