हनुमानढोका संग्रहालयमा गरगहना प्रदर्शनी

काठमाडौं । चैत्र २२, हनुमानढोका दरबार संग्रहालयमा गरगहनाको प्रदर्शनी भैरहेको छ। यो भन्दा अघि सन्दुकमा राखिएका गहना अब सर्वसाधरणले हेर्न पाउनेगरी पर्दशनीमा राखिएको हनुमान ढोका विकास समितिले बताएको छ।
समितिको १० औं वार्षिकोत्सवको अवसर पारी गरगहना प्रदर्शनीमा राखिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले गरगहना प्रदर्शनीमा राख्ने विषयमा पनि बिरोधको स्वर सुनिएको भन्दै अनावश्यक रुपमा धार्मिक एंव पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिएका थिए।