इसेवाद्धारा शैक्षिक शुल्क भुक्तानी गर्दा छात्रवृति प्राप्त

काठमाडौं । चैत्र २२, नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क तिर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ ।
बैशाख अन्त्यसम्ममा इसेवाबाट कुनै पनि शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरू मध्ये सय जना भाग्यशालीलाई एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउनेछन् । उक्त छात्रवृति रू ५ हजारसम्मको हुनेछ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।