रेड्मी नोट-१० अब बजारमा

काठमाडौं । चैत्र २३, विश्वव्यापी टेक्नोलोजी लिडर शाओमी नेपालले रेड्मी नोट श्रृंखलाको १०औं जेनेरेसन सार्वजनिक गरेको छ। आधुनिक सुविधासहित रेड्मी नोट–१० बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
यसमा ६.४३ इञ्चको डिस्प्ले छ। फोन सुरक्षाको लागि साइड–माउन्टेट फिंगर प्रिन्ट स्क्यानरको सुविधा रहेको छ । फोनमा ४ क्यामरा दिइएको छ । जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सल म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा छ । त्यस्तै, सेल्फीका लागि १३ मेगापिक्सलको क्यामरा रहेको छ ।
उक्त फोनमा ४ जिबी ¥याम र ६४ जिबी स्टोरेजको २१ हजार ९ सय ९९ र ४ जिबी ¥याम र १२८ जिबी स्टोरेजको २२ हजार ९ सय ९९ र ६ जिबी ¥याम र १२८ जिबी स्टोरेजको २४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ भने फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ । यो फ्रस्ट ह्वाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक गरी तीन रङमा बजारमा उपलब्ध छ ।