किन बन्द हुदैँछ कुरीनटार–मनकामना केबुलकार ?

काठमाडौं । चैत्र २३, मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।
केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल विल वियरिङ नयाँ फेर्नुका साथै बुल विल र अन्यमर्मत संभारको लागि डोप्परमेयर्ट, अस्ट्रेयाबाट आँउनु हुने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनकालागि बन्द हुन लागिएको हो ।
सो समयभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ भने मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले बताएको छ ।